साताको पहिलो कारोबार दिन : शेयर बजारका सबै सूचक घटे
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंकले घट्दै १.१२ प्रतिशतले ओरालो लागेको हो । कारोबार सुरु भएदेखि नै रातो अंकमा रहेको बजार अन्तिम समयसम्म सोही स्थितिमा कायम रह्यो । यस दिन कारोबार रकम पनि घटेको छ ।
