दोलखामा पहिरोले गोठ बगाउँदा वृद्ध बेपत्ता, खोजी कार्य तीव्र
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित सिर्पिङ खोलामा गएको पहिरोमा परी एक जना बेपत्ता भएका छन् । बुधबार बिहान करिब २ः३० बजे सिनर्जी हाइड्रो पावरको जलविद्युत् आयोजनाको ड्याम नजिकै पहिरो गएको हो । पहिरोले बाख्राको गोठ बगाउँदा गोठमा रहेका ७३ वर्षीय तसमान तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ ।
