लिङ्देनको गुनासो : ‘सभामुखले हाम्रो माग बेवास्ता गरे’
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । आइतबार झापामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सो माग सम्बोधन नभएसम्म संसद् अवरुद्ध गर्ने कार्यलाई निरन्तरता दिने बताए ।
