SHARE
लोक पथ · आइबार​ १५ भौ २०८२ १०:२९ AM · 1 मिनेट पढाइ

रुकुममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु

रुकुम । जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा आइतबार बिहान पहिरोले पुरिँदा एक महिलाको ज्यान गएको छ । भेँडाबाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोमा पुरिँदा घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए । उनका अनुसार मल्लसँगै लगेका भेँडा र बाख्रासमेत पहिरोमा पुरिएर मरेका छन् ।