महालक्ष्मी विकास बैंकलाई इन्डियन चेम्बर अफ कमर्सको सम्मान
काठमाडौं । महालक्ष्मी विकास बैंकलाई भारतीय चेम्बर अफ कमर्स, कोलकाताको प्रतिष्ठित अवार्डले सम्मानित गरेको छ । बैंकले ‘सम्पती गुणस्तर’ (Asset Quality) विधामा सम्मान पाएको हो । शुक्रबार नयाँ दिल्लीमा सम्पन्न ‘तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस’ कार्यक्रममा बैंकलाई यो अवार्ड प्रदान गरिएको हो ।
