SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ ०३:२२ AM · 1 मिनेट पढाइ

अफगानिस्तानमा आकस्मिक बाढी : २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता

काठमाडौं । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । बाढीका कारण ८० जना घाइते भएका छन् भने १०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको सरकारी अधिकारीहरूले जनाएका छन् ।