सीमामा सशस्त्रका कमान्डरहरुको बदमासी, एसपीसहित १६ जना अधिकृतलाई एकैपटक जिम्मेवारीबाट हटाइयो
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूमा कमान्डरको रूपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतहरूको राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकै पटक एसपीसहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । प्रधान कार्यालयले आइतबार १ एसपी, १ डिएसपी, ७ इन्स्पेक्टर, ६ सई र १ असई गरी १६ जनालाई कमान्डको जिम्मेवारीबाट हटाएको हो ।
