बजारको अधिक तरलता व्यवस्थापन गर्न १ खर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज एक खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज सूचना जारी गर्दै ८३ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत रु एक खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरेको हो ।
