SHARE
लोक पथ · आइबार​ १५ भौ २०८२ ११:२६ AM · 1 मिनेट पढाइ

मिर्गौला तस्करीका मास्टरमाइन्ड भारतबाट पक्राउ, करिब एक सय जनाको मिर्गौला निकालिएको अनुमान

काठमाडौं । नेपालबाट भारत पुराएर मिर्गौला तस्करी गर्ने गिरोहका मास्टरमाइन्ड पक्राउ परेका छन् । भारतको दिल्लीमा बसेर तस्करीको र्‍याकेट चलाउने श्यामकृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरी नेपाल ल्याएको हो । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भण्डारीलाई दिल्लीबाटै पक्राउ गरी नेपाल ल्याएको हो । भण्डारीसँगै उनका मुख्य सहयोगी सुजन भारतीसमेत भारतबाटै पक्राउ परेका छन् ।