SHARE
लोक पथ · बुधबार ६ साउन २०८३ ०१:२९ AM · 1 मिनेट पढाइ

बझाङमा ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । बझाङको कोटदेवल आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:४० बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का बझाङसहित आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । हालसम्म भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको जानकारी प्राप्त भएको छैन ।