रुपन्देही–३ उपनिर्वाचन : डा. लेखजंग थापालाई उम्मेदवार बनाउने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नं ३ का लागि डा. लेखजंग थापालाई उम्मेदवारको रुपमा अघि सारेको छ । आज बसेको रास्वपा सचिवालय बैठकले थापालाई उम्मेदवारको रुपमा अघि सारेको हो । रास्वपाले प्राइमरी इलेक्सनमार्फत ९ जनालाई सर्ट लिस्टेड गरेको थियो ।
