SHARE
लोक पथ · आइबार​ १५ भौ २०८२ ०१:४५ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओलीसँग भेटेपछि मोदीले लेखे– ‘नेपालसँगको सम्बन्ध चिरस्थायी छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी राष्ट्र भारतका समकक्षी नरेन्द्र मोदीबिच भेटघाट भएको छ । चिनियाँ भ्रमणका क्रममा प्रधानमन्त्री ओली र मोदीबिच भेटघाट भएको हो । भेटपछि मोदीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल ‘एक्स’ मा तस्बिर सार्वजनिक गर्दै नेपालसँगको सम्बन्ध चिरस्थायी रहेको बताएका छन् ।