अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
काठमाण्डु – के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको छ ? आफू ठगिएको थाहा पाएपछि उजुरीको कागजात बोकी वैदेशिक रोजगार विभागमा धाउनुभएको छ वा धाउनुबारे सोच्नुभएको छ ? यदि त्यसो हो भने अब उजुरीका लागि कार्यालय धाउनुपर्ने अवस्था छैन । सरकारले अनलाइनमार्फत नै उजुरी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
