सीजेपी- सरकारबीचको दुई घण्टे वार्ता निष्कर्षविहीन, भोलि फेरि बस्ने
काठमाण्डु– युवा नेतृत्वको ‘ककरोच जनता पार्टी’ को आन्दोलनका नेताहरूसँग भारतीय सरकारले शुक्रबार गरेको वार्तामा कुनै प्रगति हुन सकेन । आन्दोलनकारीहरूले देशको राजधानीमा शिक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन् । वरिष्ठ मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले ककरोच जनता पार्टी (सिजेपी) का नेताहरूसँग दुई घण्टा वार्ता गरेका थिए ।
