इन्जिनियरिङमा विद्यार्थीको आकर्षण बढाउन शिक्षामन्त्रीले गरे प्रतिनिधिसँग छलफल
काठमाण्डु– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले इन्जिनियरिङ शिक्षाको प्रवर्द्धन गर्दै यस क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउने उद्देश्यले सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति, इन्जिनियरिङ अध्ययन संस्थानका डिन तथा इन्जिनियरिङ कलेजहरूको छाता सङ्गठन त्रिवि विभागका पदाधिकारीसँग छलफल गरेका हुन् ।
