वामपन्थी शक्तिबिच सहकार्यको वातावरण बन्यो, अब नयाँ समीकरण बन्छ : प्रचण्ड
जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय वामपन्थी शक्तिबिच सहकार्यको वातावरण बनेको बताएका छन् । जनकपुरधाम विमानस्थलमा मंगलबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संयोजक दाहालले आफ्नो पार्टी र नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको उल्लेख गरे ।
