प्रोटोनको नयाँ शोरुम र सर्भिस सेन्टर भक्तपुरको राधेराधेमा
काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले भक्तपुर जिल्लाको राधेराधेमा आफ्नो शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । उत्कृष्ट मूल्यसहित बहुप्रतिक्षित कम्प्याक्ट ईभी एसयुभि प्रोटोन इ.मास ५ आधिकारिक रूपमा सार्वजनिक गरेसँगै आफ्नो शोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको हो ।
