SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०२:०४ PM · 1 मिनेट पढाइ

संसदले पारित गरेको बजेटका प्रावधान प्रधानमन्त्रीको बक्तव्यबाट खारेज गर्नु असंवैधानिक : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर हटाएको विषय स्वागतयोग्य रहे पनि त्यसको विधि नमिलेको टिप्पणी गरेका छन् । संसदको ज्येष्ठ सदस्य समेत रहेका नेता केसीले संसदबाट पारित भएको बजेट र कानुनलाई प्रधानमन्त्रीको बक्तव्यबाट खारेज वा परिमार्जन गर्नु असंवैधानिक रहेको बताए ।