SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

‘म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु’ भन्दै देउवाको भावुक सन्देश [पूर्णपाठ]

काठमाडौं । गत फागुन २१ को निर्वाचनको छेको पारेर सिंगापुर उडेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल फर्किने बताएका छन् । वीपी स्मृती दिवस (साउन ६ गते बुधबार) को सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै देउवाले आफू उपचारपछि स्वदेश फर्किन लागेको बताएका हुन् । गत फागुन १४ गते पत्नी डा. आरजु राणा देउवासहित सिंगापुर उडेका थिए ।