सरकारसँग लगानीकर्ता आश्वस्त भएपछि सेयर बजार लतागार उकालोतर्फ
काठमाण्डु– सरकारप्रति लगानीकर्ता आश्वस्त हुँदै गएपछि सेयर बजारमा साकारात्मक प्रभाव देखिन थालेको छ । छैठौं दिन मंगलबार पनि सेयर बजार मापक नेप्सेमा एकल अंकको वृद्धि भयो । मंगलबार नेप्से ७.२५ अंकले बढेर २७२६.४९ विन्दुमा पुगेको छ । सेयर बजारमा लगातार गिरावट आउन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले लगानकिर्तालाई बोलाएर भेटेका थिए ।
