SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

तयारी पोसाक उद्योगका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले तयारी पोसाक उद्योगले लामो समयदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग भएको भेटमा उनले उद्योगका समस्या समाधान, उत्पादन बढाउने र निर्यात प्रवर्द्धन गर्ने कामलाई सरकारले प्राथमिकतामा राख्ने बताए ।