SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

नुवाकोटमा रोपाइँ गर्दै गरेको खेतमा पहिरो गयो, केही व्यक्ति घाइते

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१२ स्थित भट्टगाउँमा रोपाइँ गरिरहेका बेला पहिरोले खेत बगाउँदा केही व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर छ ।  उनलाई झन्डै ८ सय मिटर तल जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको थियो । भट्टको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ ।