SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगका सिफारिस उम्मेदवारको सुनुवाइ साउन १२ र १३ गते

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तका लागि सिफारिस भएका व्यक्तिको सुनुवाइ साउन १२ र १३ गते गर्ने भएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले साउन १२ गते निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ गर्ने निर्णय गरेको हो ।