वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदै
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगीलाई न्यूनीकरण गर्दै अन्ततः शून्यमा झार्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका छन् । मंगलबार ताहाचलस्थित वैदेशिक रोजगार विभागको निरीक्षणका क्रममा मन्त्री यादवले वर्षौंदेखि थन्किएका उजुरी फाइलहरूको व्यवस्थापन गरी दोषीमाथि कानुनी कारबाही अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।
