आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण
काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा रेमिट्यान्स पठाउने सेवाग्राहीलाई लक्षित ‘टिग्मोमार्फत आईएमई गरौँ, उपहार जितौं’ योजनाअन्तर्गत अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका छन् । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा आईएमईले विजेता अभिषेक कालाखेतीका तर्फबाट उनकी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको हो ।
