चोभारमा गुडिरहेको गाडीमा आगलागी, निभाउने काम जारी
काठमाडौं । चोभारको सडकमा गुडिरहेको एउटा गाडीमा आगलागी भएको छ । चोभारबाट काठमाडौंतर्फ आउँदै गरेको सो निजी कारमा आगलागी भएको हो । अहिले आगो निभाउने काम भइरहेको छ । गाडी नम्बर, कम्पनी र त्यसका धनीको नाम हालसम्म खुलेको छैन ।
