SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

कीर्तिपुरमा गुडिरहेको कारमा आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएका मृतक चालकको सनाखत हुन बाँकी रहेको छ ।