SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०५:२८ AM · 1 मिनेट पढाइ

लक्ष्मी सनराइज बैंकले साउन १४ देखि ३ अर्बको ऋणपत्र बिक्री खुला गर्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२’ नामक ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।