चोभारमा गुडिरहेको विद्युतीय गाडीमा आगलागी, निभाउने काम जारी
काठमाडौं । चोभारको सडकमा गुडिरहेको एउटा विद्युतीय गाडी (ईभी) मा आगलागी भएको छ । चोभारबाट काठमाडौंतर्फ आउँदै गरेको सो निजी कारमा आगलागी भएको हो । अहिले आगो निभाउने काम भइरहेको छ । गाडी नम्बर, कम्पनी र त्यसका धनीको नाम हालसम्म खुलेको छैन ।
