बिजक लिने उपभोक्तालाई उपहार : के छ प्रक्रिया ? कसले कसरी पाउँछन् ?
काठमाडौं । सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको छ । वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले अनिवार्य बिजक लिने संस्कृतिको विकास, कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबार अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।
