अर्थतन्त्रको दिशा मोडिसक्यौँ, अब गति दिने चरणमा छौँ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई सही दिशातर्फ मोड्ने कामको सफल सुरुवात गरेको दाबी गरेका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाबारे सबै मन्त्रालयका सचिवहरूसँग आयोजित बैठकलाई सम्बोधन गर्दै उनले आगामी वर्षहरूमा अर्थतन्त्रलाई गति दिँदै त्यसको लाभ जनतासम्म पुर्याउने सरकारको लक्ष्य रहेको बताए ।
