SHARE
मकालु खबर · मङगलबार ५ साउन २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती । हेटौँडा उपमहानगरपालिकाले नगर ई लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ज्ञानमा आधारित समाज निर्माणका लगि नगर ई लाइब्रेरी स्थापना गरी सञ्चालनमा ल्याइने उल्लेख गरेको छ । शिक्षक दरबन्दी पुनरावलोकन, मिलान र विद्यालय ‘मर्जिङ’ वा ‘डाउन साइजिङ’ गर्ने कार्यलाई निरन्तरता दिइने नगर प्रमुख मीनाकुमारी लामाले बताइन् ।