SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

धुलिखेलको हिमालय दृश्य रिसोर्टको स्वीमिङ पुलमा करेन्ट सट हुँदा एक जनाको मृत्यु

काठमाडौं । धुलिखेलको हिमालय दृश्य रिसोर्टमा एक युवकको मृत्यु भएको छ । शुक्रबार बेलुकी पौडी खेलिरहेका २९ वर्षीय डेनिस प्रधान स्वीमीङ पुलमै मृत भेटिएका हुन् । उनी काठमाडौं, चन्द्रागिरीका बासिन्दा हुन् । रिसोर्टको स्वीमीङ पुलमा करेन्ट सट हुँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।