पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयद्वारा २१ बुँदे कार्ययोजना सार्वजनिक
काठमाडौं । पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि अर्थ मन्त्रालयद्वारा २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । मन्त्रालयले देशको समग्र अर्थतन्त्रमा आएको शिथिलता र पछिल्लो समय बाढीपहिरोका कारण जलविद्युत लगायत भौतिक पूर्वाधारमा पुगेको क्षतिबाट पुँजी बजारमा परेको असरलाई सम्बोधन गर्न २१ बुँदे ’पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ ।
