रसुवा बाढी अपडेट: जलविद्युत् आयोजनामा खोजी र उद्धार तीव्र, सुरुङभित्र पानी र लेदोको अवरोध
काठमाडौं । रसुवाका भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ११ वटा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । बाढीपछि सम्पर्कविहीन भएका सयौँ कामदार तथा कर्मचारीको खोजी र उद्धार कार्य जारी राखिएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पानले दिएको जानकारी अनुसार नेपाली सेनासहितको टोली प्रभावित आयोजनास्थलमा परिचालन गरिएको छ ।
