SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् । कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उनीविरुद्ध असार ३२ गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शनिबार उक्त प्रस्तावमाथिको छलफलमा भाग लिएका कँडेलले सुरुमै आफ्नो धारणा राख्दै पदबाट राजीनामा दिएको घोषणा गरे ।