SHARE
मकालु खबर · शनिबार ९ साउन २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

डा. गोविन्द केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, उपचार व्यवस्थापन सुदृढ बनाउन निर्देशन

काठमाडौं । बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बस्नुभएका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो लिएकी छन् । मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा. हेमराज पाण्डेसँग संवाद गरी उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिएकी छन् ।