काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिला मृत फेला
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा एक महिला आफ्नै कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन् । तारकेश्वर नगरपालिका वडा नं. १ स्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै पार्किङ गरी राखिएको विद्युतीय कारभित्र महिलाको शव भेटिएको हो । मृत्यु हुनेमा तारकेश्वर नगरपालिका–९, शुभकामना चोक बस्ने ४५ वर्षीया रश्मी रिजाल रहेकी छन् ।
