बौद्ध नयाँ बस्तीमा आत्मदाहको प्रयास गरेकी युवतीको उपचार हुँदै
काठमाडौं । काठमाडौंको बौद्ध नयाँ बस्तीमा आत्मदाहको प्रयास गरेकी युवतीको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ । आज राति २ बजेर ५० मिनेटमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी उनलाई उनका श्रीमानले शुस्मा कोइराला मेमोरियल अस्पताल साखु पुर्याएका थिए ।
