SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०३:३२ AM · 1 मिनेट पढाइ

इप्पानको संशोधित विधान लागू, कार्यसमिति २५ बाट बढाएर ३७ सदस्यीय बनाइयो

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को संशोधित विधान औपचारिक रूपमा कार्यान्वयनमा आएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विधान प्रमाणीकरण गरेपछि नयाँ व्यवस्था लागू भएको हो । इप्पानको २४औँ साधारणसभा तथा आठौँ अधिवेशनले संस्थाको नेतृत्व प्रणाली, कार्यसमिति संरचना र पदाधिकारीसम्बन्धी व्यवस्थामा संशोधन गरेको थियो ।