कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने सरकारको नयाँ योजना : सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस् !
काठमाडौं । सरकारले कर प्रणालीमा आबद्ध नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ लखपति योजना ल्याउने तयारी गरेको छ । योजनाअन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका नागरिकले दैनिक उपभोग्य वस्तु तथा सेवाको खरिद गर्दा लिएको बिलमार्फत पुरस्कार जित्न सक्नेछन् ।
