SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०२:२७ AM · 1 मिनेट पढाइ

वर्षाले अवरुद्ध राजमार्गमा यात्रा गर्दै हुनुहुन्छ ? कहाँ-कहाँ छ जोखिम जान्नुहोस्

काठमाडौं । लगातार परेको वर्षाका कारण आएको बाढी र पहिरोले देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार बागमती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै सडक खण्डमा यातायात अवरुद्ध वा जोखिमपूर्ण अवस्थामा छन् । कोशी प्रदेशमा मेची राजमार्गको इलाम राजदुवाली खण्ड पूर्ण रूपमा बन्द भएको छ ।