SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०२:३७ AM · 1 मिनेट पढाइ

बाढी-पहिरोको जोखिम बढेपछि कर्मचारीलाई अनिवार्य कार्यालय उपस्थित हुन मन्त्रालयको परिपत्र

काठमाडौं । संघीय सरकारले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई विपद्को समयमा अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अविरल वर्षा, बाढी, पहिरोलगायत विपद्जन्य घटनाको जोखिम बढेपछि विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन यस्तो परिपत्र गरेको हो ।