SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०३:०३ AM · 1 मिनेट पढाइ

मल आपूर्ति सहज बनाउन मन्त्रालयको पहल, थप ४ हजार मेट्रिकटन डिएपी नेपाल भित्रिँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ । मन्त्रालयका अनुसार सोमबार २५० मेट्रिकटन डिएपी मल विराटनगर भन्सार आइपुगेको छ । यस्तै, थप १ हजार २५० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्‍याक मंगलबार रक्सौल आइपुग्नेछ ।