SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०१:३८ AM · 1 मिनेट पढाइ

कामना सेवा विकास बैंकको नयाँ सेवा : ‘नेपालपे कार्ड’ वितरण सुरु

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै नेपालपे कार्ड वितरण सेवा सुरु गरेको छ । बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार तथा ग्राहकलाई सहज, सुरक्षित र आधुनिक भुक्तानी सेवा उपलब्ध गराउने उद्देश्यका साथ उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकका अनुसार अब ग्राहकहरूले नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् ।