SHARE
लोक पथ · मङगलबार ५ साउन २०८३ ०१:५१ AM · 1 मिनेट पढाइ

१३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट, किन रोकियो ?

काठमाडौं । देशभरका ७५३ स्थानीय तहमध्ये १३ स्थानीय तहले हालसम्म पनि चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट विवरणअनुसार ७४० स्थानीय तहले भने बजेट सार्वजनिक गरी कार्यान्वयन प्रक्रिया सुरु गरिसकेका छन् ।