वैदेशिक श्रमिकको सुरक्षामा सरकारको नयाँ कदम, बीमा सेवा डिजिटल र सहज बनाइने
काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बीमा व्यवस्थापनलाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउने उद्देश्यले विभिन्न सुधारात्मक निर्णय गरेको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र नियमावली, २०६४ को मर्मअनुसार श्रमिकको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै नयाँ कार्ययोजना अघि सारेको हो ।
