सशस्त्रका एसपी सहित १६ जना जिम्मेवारीबाट हटाइए
सीमा भन्सारमा राजस्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि सशस्त्र प्रहरीका एसपी, डीएसपीसहित १६ जनालाई जिम्मेवारीबाट हटाइएको छ। सशस्त्रका इकाइहरूमा कमान्डरको रुपमा खटाइएका सशस्त्र प्रहरी अधिकृतहरूको राजश्व संकलन र कार्यसम्पादनमा कमजोरी भेटिएपछि एकैपटक एसपी सहित १६ जना अधिकृतलाई जिम्मेवारीबाट हटाइएको हो।
