SHARE
पर्दाफास · आइबार​ १५ भौ २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भोली भेटवार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ। पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भोलि (सोमबार) रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता हुने निश्चित भएको हो। परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार तियानजिनस्थित मेइक्याङ सम्मेलन केन्द्रमा ओली र पुटिनबीच भेटवार्ता हुन लागेको हो।