SHARE
लोक पथ · सोमबार ४ साउन २०८३ ०१:४४ PM · 1 मिनेट पढाइ

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई सरकारको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपदका बेला कार्यालयमा अनिवार्य रुपमा उपस्थित हुन जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई निर्देशन दिएको छ। देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि मन्त्रालयले सो निर्देशन दिएको हो ।